लेकसाइडस्थित मेडिकल हलबाट लागूऔषध बेचबिखन गर्ने सबिन प्रकाउ

पाेखरा | कात्तिक १, २०८०

लेकसाइडस्थित मेडिकल  हलबाट लागूऔषध बेचबिखन गर्ने सबिन प्रकाउ

पोखरा:  लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हलबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले सबिन चौधरीलाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ६ लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हल सञ्चालन गरी बस्ने २८ वर्षीय चौधरीलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । 


मेडिकल हलबाट लागूऔषध कारोवार भइरहेको गोप्य सूचनापछि वडा प्रहरी प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले ८८ एम्पल लागूऔषध बरामद गरेको थियो । 


लागूऔषधको कारोवार भइरहेको गोप्य सूचनापछि प्रहरीले मेडिकल हल खानतलासी गर्दा डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी ८८ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेका सबिनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्